Logo

रामायणबाट सिक्नुपर्ने महत्वपुर्ण कुराहरु



हरेक अभिभावकको चाहना हुन्छ आफ्नो बच्चा संस्कारी, सभ्य र आदर्शवादी हुन् । तर, अहिलेको व्यस्त बाबु आमाका सन्तानहरुमा थोरै मात्रामा यस्ता गुण पाइन्छन् । यदि तपाइँ आफ्नो सन्तानलाई संस्कारी, सभ्य र आदर्शवान चाहानुहुन्छ भने आज हामी रामायणबाट सिक्नुपर्ने ८ कुराहरुको बारेमा चर्चा गर्नेछौ ।

बाबु आमाप्रति भक्तिभावः भगवान रामले सौतेनी आमाको पनि इच्छाअनुसार १४ वर्ष वनवास गएका थिए । राजा दशरथले रोक्नर्ला धेरै कोशिस गर्दा पनि मातापिताको वचन पुरा गरे ।

विश्वासको शक्तिः रामायणमा विश्वासबाट कठिन भन्दा कठिन असम्भव काम पनि गरेका छन् । रावणसँग युद्ध गर्न लंकामा आक्रमण गर्न समुन्द्र पार गर्नुपर्ने मुस्किल काम थियो, तर विश्वासको शक्तिले वादर सेनाले पुल बनृाउने सोचे । लंकामा आक्रमण गर्न समर्थ भए ।

सबैसँग समान व्यवहारः रामायणमा रामले सबैलाई समान व्यवहार गरेका थिए । चाहे त्यो सबरी हुने वा केवट । उनले सबरीकोमा बेर खाए भने केवटकोमा नाबमा बसे ।

खराबलाई सधै सत्यले जित्छः नराम्रो सहन जति गाह्रो भएपनि अन्तत जित सत्यको हुन्छ । रावणलाई रामले जित्नु नै यसको प्रमाण हो ।

असल मानिससँग संगत गर्नुः रामायणमा राम्रा मानिससँगको संगतको महत्व बताइएको छ । कैकेयीले रामलाई धेरै माया गर्थिन तर मन्थराको गलत संगतमा आएर कैकेयीले रामलाई १४ वर्ष वनवास पठाइन् ।

नाता सम्बन्ध धन सम्पत्ति भन्दा ठुलोः रामले आफ्ना आमा बाबु छोडेर वनवास गए । लक्ष्मण ठुलो दाईको लागि सबै छाडेर वनवास स्विकारे । भरतले ठुलो दाईलाई सम्मान गर्दै राजगद्दी छोडे ।

माफ गर्न सिकौ, बदला लिने होइनः यदि शंखपुखाले लक्ष्मण र रामले नाक काटीदिएकोमा माफ गरिदिएको भए सीता हरण हुने थिएन र रावणको नाश हुने थिएन् ।

घमण्ड त्यागौः रामायणमा रामलाई आफ्नो ज्ञानमा कुनै घमण्ड थिएन् । उनलाई आफ्नो शक्तिमा भरोसा थियो । र उनको जित भयो । जबकि रावण महाज्ञानी थिए तर उनीभित्र आफु जत्तिको शक्तिशाली कोही छैन भन्ने झुटो भरोसा थियो यसैकारण उनको सर्वनाश भयो । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्