Logo

साम्राज्ञीविरुद्ध भुवन केसीको उजुरी



काठमाडौं, १८ असार । अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको द्वन्द्व नयाँ चरणमा पुगेको छ । केसीमाथि शाहले यौन दुव्र्यवहारको आरोप लगाएकोमा यसलाई झुटो भन्दै अर्को उजुरी परेको छ । केसीले शाहमाथि आज चलचित्र कलाकार संघमा उजुरी दिएका हुन् ।

बिहिबार कलाकार संघमा भुवनले साम्राज्ञीले आफ्नो चरित्रहत्या गरेको उल्लेख गरी उजुरी दिएका छन् । उजुरी पत्रमा सामाजिक सञ्जालमा शाहले विभिन्न आक्षेप, आरोपहरु लगाई मनगढन्ते र निराधार चरित्र हत्या हुने कुराहरु व्यक्त गरेको भन्दै आवश्यक छानविन गर्न निवेदन दिएको भनिएको छ । केसीले घटनाको छानविन गरी वास्तविकताबारे जानकारी गराइदिन समेत भनेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्