Logo

भारतले ३ खर्ब ८९ करोड भारुको हतियार किन्ने



एजेन्सी, १८ असार । भारतले ३ खर्ब ८९ अर्ब भारु बराबरको हतियार खरिद गर्ने भएको छ । भारत सरकारले हतियार खरिदको प्रस्तावलाई अनुमोदन गरेको छ । भारतको चीनसँग सिमा विवाद भई द्वन्द्व चलिरहँदा हतियार किन्ने प्रस्ताव अनुमोदन गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

भारतले रुसको लडाकु जेट, मिसाइल प्रणाली र राडार खरिद गर्न लागेको हो । भारतका रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा बसेको बैठकले हतियार खरिदको प्रस्ताव अनुमोदन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सिंह हालैमात्र रुस भ्रमण गरी फर्किएका हुन् । उनी रुसको भिक्ट्री डेमा सहभागी भई फर्किएका हुन् ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्