Logo

देश कोरोना महामारीले देश लकडाउनमा, नेकपा सत्ताको लडाईंमा



काठमाडौं, १८ असार । देशमा कोरोना भाइरसको रोकथामका लागि लकडाउन ७ साउनसम्म लम्ब्याइएको छ । लकडाउनले सार्वजनिक यातायात, शैक्षिक संस्था, मनोरञ्जनस्थलका अलावा पर्यटन व्यवसाय ठप्प छ । लाखौंको रोजगारी खोसिएको छ । लाखौं बेरोजगार हुने क्रम चलिरहेको छ ।

साँढे १४ हजार संक्रमित संख्या नाघिसकेको छ । ३० जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । महामारीले देश ठुलो संकटमा परिसकेको छ । तर, सत्तारुढ नेकपाभित्र सत्ताको लडाईं चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत प्रभावशाली नेताहरु सक्रिय भएका छन् । तर, ओली कुनै हालतमा सत्ता छाड्न तयार छैनन् ।

सत्ताको द्वन्द्वका कारण सरकारको काममा समस्या आइसकेको छ । राजनीतिक अस्थिरताको खतरा बढेको छ । यस्तो महामारीमा पनि सत्ताको लागि द्वन्द्व चर्कनुले जनतामा राजनीतिक दलहरुमै वितृष्णा आउने अवस्था बन्दै गएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्