Logo

न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा



१८ असार : न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीले बिहीबार पदबाट राजीनामा दिएका छन् ।कोरोनाभाइरस नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लागेपछि उनले राजीनामा दिएको बताइएको छ ।स्वास्थ्य मन्त्री डेभिड क्लार्कको व्यवहार र बोलीले धेरै व्यक्तिलाई आक्रोसित र रुष्ट बनाएको भन्दै चर्को आलोचना भएको थियो ।

राजीनामा घोषणा गर्दै स्वास्थ्यमन्त्री क्लार्कले आफु जिम्मेवारीमा रहदाँसम्म सम्पूर्ण शक्ति लगाएर आफुले काम गरेको दावी गरेको छन् ।

उनले संसदमा आफु कानुन निर्माताकोरूपमा रहिरहने र त्यहाँबाट राम्रो भूमिका खेल्ने पनि उल्लेख गरे ।कोरोनाभाइरस नियन्त्रणको मामिलामा न्युजिल्याण्ड विश्वमै अग्रस्थानमा सफल मानिएको छ, तर मन्त्रीका रुपमा क्लार्कको भूमिका भने आलोचित हुनपुग्यो ।उनी अपदस्त हुनुको पछाडि उनले प्रयोग गरेका शब्द नै मुख्य कारण बन्न पुगेको समाचारमा जनाइएको छ ।एपी



प्रतिक्रिया दिनुहोस्