Logo

चीनमाथि डिजीटल स्ट्राइक गरेको भारतका मन्त्री रवी शंकर प्रसादको अभिव्यक्ति



एजेन्सी, १८ असार । भारतद्वारा ५९ वटा चिनियाँ एप्सलाई प्रतिबन्ध लगाएको विषयमा केन्द्रिय मन्त्री रवी शंकर प्रसादले प्रतिबन्धलाई डिजीटल स्ट्राइकको संज्ञा दिएका छन् । भारतीय नागरिकको डाटा चीनले संकलन गरिरहेको कारण सरकार उक्त कदम चालेको बिहिबार सार्वनजिक रुपमा भनेका हुन् ।

भारतको सुरक्षा र सार्वभौमसत्ता, नागरिकको डिजीटल सुरक्षा र गोपनीयताका लागी टिकटक सहित अन्य एप्समा प्रतिबन्ध लगाएको विषयलाई स्पष्ट पारेका छन् । भारत आफ्नो सीमा सुरक्षाको निगरानी र नागरिकको सुरक्षा गर्न सक्षम रहेको विषयमा रवी शंकरले बंगालमा भएको बीजेपीको र्यालीमा जानकारी गराएका थिए । भारत सक्षम रहेको कारण चीनमाथि डिजीटल स्ट्राइक गरेको विषय समेत र्यालीमा जनाएका थिए । हालै चीनले गल्वान क्षेत्रमा २० शैनिकको हत्या गरेपछि भारतमा आक्रोश पैदा भएको थियो । त्यसको जवाफमा सोमबार केन्द्रले ५९ वटा चिनियाँ एप्समा प्रतिबन्भ लगाएको थियो ।

भारत सरकारले चीनको दवै देशबीचको सम्पूर्ण व्यापार समझौता र लगानीको गरिरहेको चिनियाँ कम्पनीहरुमा समेत प्रतिबन्ध लगाएको धाषणा गरेको थियो । भारत सरकारले सम्झौता रद्द गर्ने विषय आपत्तकालिन र कानुन बमोजीम लिएको विषयालाई रवीले र्यालीमा जनाएका थिए । उनले उक्त प्रतिबन्धलाई अवसरको रुपमा देखेको समेत बताए। भारतीय निर्मित एप्सहरुलाई प्रोत्साहन भेट्ने र डिजीटल इन्डियाको सपना पाँच वर्ष भित्रमा पूरा हुने विश्वस्त गराए ।आफ्नै देशका लगानीकर्ता, एप्स निर्माता र अन्य विभिन्न सामाग्री निर्माण गर्ने कम्पनीलाई सरकारले भारी मात्रामा सहयोग गर्ने जनाए ।



प्रतिक्रिया दिनुहोस्