Logo

डा. भट्टराईको ‘यो देशका लागि म’ बोलको गीत बजारमा (भिडिओसहित)



काठमाडौं, १८ असार । डा. विष्णु मुर्ति भट्टराईको राष्ट्रिय भावले भरिएको ‘यो दशका लागि म’ बोलको गीत सार्वजनिक भएको छ । दिपकराज विश्वकर्माको संगीत लय भरिएको उक्त गीतमा राज सिग्देलको आवाज छ ।

स्विट म्युजिक क्रियशनको अफिसियल युट्युव च्यानलबाट रिलिज गरिएको उक्त गीतले श्रोता दर्शकको मन जित्ने र देशप्रतिको कर्तब्यबोध गराउनुको साथै युवा वर्गमा देशभक्तिको लागि उत्प्रेरणा थप्ने विश्वास लिएको छ ।

डा. बिष्णु मुर्ती भट्टराई

यो देश को लागि म परे रगत बगाउला
ज्यानै बाजी राखी मेरो
ज्यानै बाजी राखी मेरो देशलाई बचाउला

यो देश को लागि म परे रगत बगाउला
यो देश को लागि म परे रगत बगाउला

शान्ति छावोस सम्रिद्द होस् मेरो गाउ मेरो सहर
देश को लागि केहि होइन मेरो नाउ मेरो रहर

यो देश को लागि म परे रगत बगाउला
यो देश को लागि म परे रगत बगाउला

भोक तिर्खा दुख सुख भन्नु केहि छैन अब
हिड्न पाउ अघि अघि देशलाई खाचो पर्छ जब

यो देश को लागि म परे रगत बगाउला
यो देश को लागि म परे रगत बगाउला

 

 



प्रतिक्रिया दिनुहोस्