Logo

चर्चित बलिउड कोरियोग्राफर सरोज खानको मृत्यु



मुम्बई,असार १९ । बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको बिहीबार राति निधन भएको छ। ७२ वर्षीय खानको विहिबार राती मृत्यु भएको भारतीय सञ्चार माध्ययम हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

बलिउडमा झण्डै ४ दशक काम गरेकी सरोजका पतिसँगै दुई छोरी र एक छोरा छन्।उनले बलिउडका चार हजार बढी गीतमा नृत्य निर्देशनको कौशल देखाई सकेकि थिइन् ।

उनले नृत्य निर्देशनमा तीन पटक राष्ट्रिय अवार्डसमेत जितिसकेकी थिइन् ।  उनको आजै अन्तेष्टि गरिने समाचारमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम