Logo

रायमाझीको घोषणा : पार्टीलाई फुटबाट बचाउने तागत छ, एक ढिक्का हुन्छौं (भिडिओसहित)



काठमाडौं, १९ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीभित्रको अन्तरविरोध र विवादलाई हल गर्नेगरि आफूहरुले गृहकार्य गरिरहेको स्पष्ट पारेका छन् । उनले कुनैपनि हालतमा पार्टीलाई फुटमा जान नदिने स्पष्ट पारे । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीलाई फुटाउने तागद आफूसँग भएको भन्दै एक दुई दिनभित्रै पार्टी एक ढिक्का हुने दाबी गरे । भिडिओसहित :

उनले अहिले पार्टीमा बहुमत र अल्पमतको खेल सुरु नहुनेपनि जिकिर गरे । अहिले देखिएका समस्या र समाधान कसरी हल गर्ने ? भन्ने विषयमा नेताहरुबीच आपसमा छलफल हुनुपर्ने आफ्नो मत रहेको उनको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपर्छ भनेर बाहिर भन्दै हिँड्ने कुरा नभएकोले यसबारेमा पार्टीभित्रै छलफल हुनुपर्ने र निर्णय हुनेपर्ने पनि उनले स्पष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot