Logo

एक चौथाई सदस्यहरुले अधिवेशनको सुचारुका लागि लिखित रूपमा राष्ट्रपतिलाई अनुरोध गर्न सक्ने संवैधानिक ब्यवस्था छ : डा. आचार्य



काठमाडौं, १९ असार । संविधानविद् डा. भीमार्जुन आचार्यले प्रतिनिधिसभाका एक चौथाई सदस्यहरुले लिखित रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई अधिवेशन सुचारुका लागि अनुरोध गर्नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारेका छन् । हिजो साँझ ५ बजेबाट संसदको बजेट अधिवेशन अन्त्य भैसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सभामुख अग्निप्रासद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, विपक्षी दल र आफ्नै दलका नेताहरुसँगपनि परामर्श नगरी संसदको बजेट अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद बैठकबाट सिफारिश गरेका थिए । ओलीको उक्त कदमको बारेमा चौतर्फी विरोध तथा आलोचना भैरहेको छ ।

यही सन्दर्भमा संविधानविद् डा. आचार्यले सामाजिक सञ्जाल ट्विटरमार्फत संसदको अधिवेशन सुचारुबारे संवैधानिक व्यवस्था उल्लेख गरेका हुन् । उनले लेखेका छन्,’प्रतिनिधि सभाका एक चौथाई सदस्यहरुले अधिवेशनको सुचारुका लागि लिखित रूपमा राष्ट्रपतिलाई अनुरोध गर्न सक्ने संवैधानिक ब्यवस्था छ (धारा ९३[३])। सांसदहरूले यो सुविधाको उपयोग गरी राष्ट्रपतिको चाहनाको परीक्षण गर्न सक्दछन् ।’



प्रतिक्रिया दिनुहोस्