Logo

यौन दुराचारी एपिस्टाइनको गर्लफ्रेन्ड म्याक्सवेल पक्राउ



एजेन्सी, १९ असार । यौन दुराचारमा पक्राउ परी आत्महत्या गरेका जेफ्रि एपिस्टाइनको लामो समयदेखिको सहयोगी र गर्लफ्रन्ड समेत रहेकी घिसलाइन क्याक्सवेललाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्ष भन्दा कम उमेरकी केटीहरुलाई एपिस्टाइनका यौन पेशामा भर्ती गर्ने र यौन दुरव्यवहार गराइरहेको आरोपमा उनलाई बिहिबार न्यूयोर्क प्रहरीले पक्राउ गरेको हो ।

उनलाई संघीय खुफिया एजेन्टको मद्दतले समातिएको थियो । उनीमाथि यौन पेशासंग सम्बन्धीत छ वटा केसहरुको आधार प्रहरीले पक्राउ गरेको जनाइएको छ । सन् १९९४ देखि १९९७ सम्म उनले जेफ्रि एपिस्डाइनका लागी कम उमेरका केटीहरु ल्याउने र यौन पेशामा संलग्न गराउन र दुव्र्यवहार गर्ने विषयलाई प्रहरीले जनाएको छ ।

एपिस्टाइनको विभिन्न टापू, म्यानसन र स्टेटहरुमा थूप्रै कम उमेरका केटीहरुको तस्करीमा म्याक्सवेल संलग्न रहेकी थिइन् । एपिस्टाइनलाई समातिएको एक वर्ष पछि म्याक्सवेललाई प्रहरीले समातेको हो । उनीमाथि थूपै्र आरोपमा मुद्दा चल्ने जनाइएको छ । उनलाई हिरासतमा राख्न अदालतले आदेश दिएको छ । यसअघि उनले आफ्नो बयानमा कुनै गलत काम नगरेको विषय जनाएकी थिइन् । वयान झुठो सावित भएको छ । उनी दाषी ठहरिएमा करिब ३५ वर्ष सम्म जेल हुनसक्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्