Logo

नेविसंघ नेताहरुलाई थर्काए देउवाले



काठमाडौं, १९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरुलाई गाउँ गाउँ र स्कुलमा संगठन नबनाएको भन्दै गुनासो पोखेका छन् । शुक्रबार स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित रक्तदान कार्यक्रममा छोटो सम्बोधन गरेका देउवाले त्यही छोटो समयमा पनि नेविसंघ नेताहरुलाई थर्काएका छन् ।

उनले नेविसंघ नेताहरु काठमाडौंमा भाषणबाजीमा व्यस्त रहेको र संगठन विस्तारको लागि कुनै ठोस काम नगरेको भन्दै आक्रोश पोखेका थिए । उनले नेविसंघले जहाँपनि हारेको भन्दै पहिले संगठनलाई जताततै विजय बनाउनको लागि नेविसंघ नेताहरुलाई निर्देशन दिएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्