Logo

नेकपा विभाजन भयो भने नेताहरु हार्छन, जनताले दुःख पाउँछन्- हरिबोल गजुरेल, नेता, नेकपा



काठमाडौं, १९ असार । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि सदस्य हरिबोल गजुरेल पार्टी फुटको खतरामा परेको स्वीकार गरेका छन् । फुटबाट जोगाउन पहल भइरहेको उनको भनाई छ । नेता गजुरेलसँग यसै सेरोफेरोमा ऋषि धमलाले गरेको कुराकानीः
नेकपाको सत्ता संघर्ष भइरहँदा प्रधानमन्त्री र प्रचण्डमा कसले बाजी मार्लान् ?
पार्टी फुटबाट बचेर एकता कायम भयो भने सबैको विजय हुन्छ । विभाजन भयो भने राष्ट्र र नेताहरुले पनि हार्छन् र जनताले पनि दुःख पाउँछन् ।
एउटा पक्षले प्रधानमन्त्रीको राजीनामा मागेको छ अर्को पक्षले दिनुहुँदैन भनेको छ, यो समस्याको समाधान के त ?
यसको समाधानको बाटो भनेको कम्प्रोमाइज गर्ने हो । अहिले अरु विषय तुरुन्तै हल हुँदैन । दुई पक्ष सहमति गरेर दुई पक्ष एउटा विन्दुमा सहमति गर्ने हो ।
सहमतिका आधारमा र मापदण्डहरु के के हुन्छन् ?
पूर्व र पश्चिमतिर हिँडिरहेका छन् । त्यसकारण पूर्व जाने पश्चिमतिर र पूर्वतिर फर्किनुपर्यो । त्यो भएपछि एउटा विन्दुमा मिलन भइहाल्छ ।
नारायणकाजी श्रेष्ठले त सहमतिको अन्तिम मौका शनिबारसम्म मात्र हो, त्यतिबेलासम्म सहमति भएन भने पार्टी फुट्छ भन्नुभयो नि ?
त्यसको बारेमा हामीहरु कोसिस गरिराखेका छौं । हिजो बिहान खुमलटारमा प्रधानमन्त्री निकट नेताहरु पनि हुनुहुन्थ्यो । अहिले राष्ट्रियताको मुद्दाहरु जो हामीले अगाडि सारिराखेका छौं त्यो पनि संकटमा पर्छ । अहिले कोरोनाको महामारीले देश आक्रान्त छ । संक्रमणको प्रकोप पनि बढ्दो रुपमा देखिएको छ । त्यसैले अहिलेको अवस्थामा पार्टी फुटको शिकार हुनुहुभन्दा मिलाएर लाँदा राम्रो हुन्छ भनेर सबैले बोध गरेको देखिन्छ ।
एकता प्रक्रिया पुरा नहुँदै नेकपा विजनको संघारमा किन आयो ?
पहिला पनि यस्तो अवस्था आएको छ । जसरी अध्यादेश आयो । त्यसबेला पनि ठूलो संकट पैदा भएको हो । त्यो पनि त्यसै समाधान भएर गयो । अहिले पनि फुटेर कसैले जित्दैन । त्यसैले कतैन तकैबाट निकासको खोजि भइराखेको त्यतातिर पनि जान्छ भन्ने मैले आशा गरेको छु ।
अहिलेको अवस्था पार्टी एकताबद्ध हुनुपर्ने हो ?
त्यो त बढ्नै पर्छ नि ।
त्यसका आधारहरु दिनुस् न नेताहरु टसमस छैनन् नि ?
टसमस छन् पनि छैनन् पनि । बाहिरबाट हेर्दा छैनन्, भित्रबाट हेर्दा टसमस छन् भन्ने बुझ्नुपर्यो । हामीले प्रधानमन्त्री, अध्यक्ष प्रचण्डसँग भेटिरहेका छौं । बाहिर देखिएजस्तो स्थिति भित्र होइन नि ।
प्रचण्डले त स्थायी कमिटि बैठक पार्टी विभाजनको प्लेटफर्म बन्न सक्छ भन्नुभयो नि ?
सुदृढ एकता बन्ने प्लेटफार्म पनि बन्छ सक्छ । र, विभाजनको प्लेटफर्म पनि बन्छ । त्यसैले यसमा राम्रो सम्भावना पनि छ । चुनौति पनि छ । किन भने यसले पार्टीलाई फेरि एकताबद्ध बनाएर जनताको मनजितेर काम गर्ने सम्भावना पनि छ । अर्कोतिर विभाजन भएर जाने खतरा पनि छ । सम्भावना भएको खतरा त भइहाल्छ नि ।



प्रतिक्रिया दिनुहोस्