Logo

संसद अधिवेशन अन्त्य गर्न सिफारिश गर्नु प्रधानमन्त्रीको राईट्स होस : रायमाझी



काठमाडौं, १९ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले संसदको बजेट अधिवेशन अन्त्य गरिएको विषयलाई ठूलो विषय बनाउन नहुने स्पष्ट पारेका छन् । संसदको अधिवेशन अन्त्य गर्दा अर्का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नसोधेको विषयलाई लिएर टिकाटिप्पणी भैरहेको बेलामा रायमाझीको यस्तो भनाई आएको हो । बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै रायमाझीले संसदमा विजनेश नभएकोले प्रधानमन्त्री ओलीले अधिवेशन अन्त्य गरेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्