Logo

ओली-दाहाल वार्तामा पौडेल र शर्मा पनि सहभागी



काठमाडौं, १९ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद हल गर्नेगरि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच निर्णायक भेटवार्ता जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेटर्वार्तामा महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्माको पनि सहभागिता रहेको छ । पौडेल र शर्मा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता घोषणा गर्दा भएको पाँच बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका नेता हुन् ।

त्यतिवेला दुवै पार्टीबाट ओली र दाहालसँगै पौडेल र शर्माको पनि हस्ताक्षर रहेको थियो । नेकपाको स्थायी कमिटी बैठकमा नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट ओलीलाई राजीनामा दिन माग गरेसँगै पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ। तर, ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन् । बैठक भोलि विहान ११ बजे बस्नेगरि हिजो स्थगित् भएको छ । बैठक बस्नुअघि नै अध्यक्षद्धय ओली र दाहालबीच सहमति खोज्ने प्रयासस्वरुप आजको भेटवार्ता भैरहेको हो । File Photo



प्रतिक्रिया दिनुहोस्