Logo

ओली-दाहालबीचको भेटवार्ता सम्पन्न



काठमाडौं, १९ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता भर्खरै सम्पन्न भएको नेकपाका नेता विष्णु रिजालले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराएका छन् ।

ओली र दाहालबीचको बैठकले तत्कालै निकास ननिकाले पनि पार्टी एकता जोगाउन यस्ता छलफल र कमिटीका आधिकारिक बैठक निर्णायक हुने पनि उनले विश्वास दिलाएका छन् । अध्यक्षद्धयबीच करिब तीन घण्टा छलफल भएको थियो । आजको छलफलमा ठोस निश्कर्ष ननिस्किएपनि दुई अध्यक्षबीच भोलि विहान पूनः एकपटक बस्ने सहमति भएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्