Logo

पर्यटन र हवाई क्षेत्र खुलाउन पर्यटनमन्त्री भट्टराईको जोड



काठमाडौँ, १९ असार : कोभिड १९ महामारीबाट धराशायी अवस्थामा पुगेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन तयारी गरिए पनि महामारीको सङ्क्रमण बढ्दै गएकाले अझै अन्यौलता छ । तथापि मन्त्रालय, मातहत निकाय तथा सरोकारवाला व्यवसायीले महामारीबाट बचेर सेवा सञ्चालनका लागि प्रोटोकल बनाएका छन् ।

यसै सन्दर्भमा व्यवसायी तथा सरोकारवालाको समन्वयमा छिट्टै पर्यटन क्षेत्र खुलाउने सरकारको तयारी छ । पर्यटनमन्त्री योगेश भट्टराईले व्यवसायीले पर्यटन तथा हवाई क्षेत्र चाँडो खुलाउनुप¥यो भनेर दबाब दिइरहेकाले सरकारले पनि यो क्षेत्रलाई खुलाउने पूर्वतयारी गरिरहेको जानकारी दिए ।

“हामी (सरकार) पर्यटन क्षेत्र खुलाउने पूर्वतयारीमा छौँ, पर्यटन व्यवसाय छिटो खोल्न व्यवसायीको दबाव छ, भोली खोलेर सेवाग्राही तथा विदेशी पर्यटक पनि आउने वातावरण हुनुप¥यो, अहिले हरेक पर्यटन क्षेत्रले आआफ्नो प्रोटोकल तयार गरिसकेका छन्, अब क्रमशः पर्यटनलाई चलायमान बनाउन सहजीकरण गर्दै जानुपर्छ भन्ने नै छ, तर कोभिड सङ्क्रमितको सङ्ख्या पनि बढिरहेको छ”, उनले भने । रासस

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्