Logo

ओली प्रचण्डको आ-आफ्नै प्रस्ताव, सहमतिको सम्भावना बढ्यो



काठमाडौं, १९ असार । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज बालुवाटारमा मन माँझेर छलफल भएको छ । पार्टी नै फुट्ने खतरा बढेपछि महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जर्नादन शर्माले संयोजन गरेर नेताहरुबीच तीन घन्टा छलफल भएको थियो ।

दुवै नेताबीचको छलफल सकारात्मक मोडमा पुगेको छ । तर, निष्कर्ष निस्किएको छैन । अध्यक्ष प्रचण्डले २ जेठमा भएको सहमति कार्यान्वयन गर्न या नयाँ सहमति बनाएर जान भनेका थिए । उनले दुई पदमध्ये एक पद त्याग्न ओलीलाई भनेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

ओलीले भने आफू एकताको महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका थिए । प्रधानमन्त्री पद पनि पाँच वर्ष चलाउन दिन भनेको बुझिएको छ । दुवै नेताले आ आफ्नो प्रस्ताव राखेपछि थप छलफल गरी निर्णयमा पुग्ने सहमति भएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्