Logo

नेकपा विवादप्रति प्रतिपक्षको नजर



असार १९, काठमाण्डौ । यति बेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको आन्तरिक विवाद उत्कर्समा छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको बहुमत नेताहरुले राजीनामा दिन दवाव बढाएका छन ।

तर प्रतिपक्षी दलहरुले भने राजिनामा मात्र बिकल्प नभएको भन्दै पार्टीभित्रको आन्तरिक द्धन्द्ध समाधान गर्न सुझाएका छन । प्रधानमन्त्रीको कार्यशैली आफुहरुलाई चित्त नबुझेपनी अर्को बिकल्प खोज्नु भन्दा नेकपाको आन्तरिक कलहलाई समाधान गरी अगाडि बढ्नुको विकल्प नभएको भन्दै यस्तो सुझाएका हुन् ।

अहिलेसम्म नेकपाभित्रको विवादप्रति प्रतिपक्षीदलहरु त्यति धेरै बोलेका छैनन् । तर बारम्बार प्रधानमन्त्री तथा सरकारको आलोचना गरिरहेका दलहरुले नेकपाभित्र असन्तुष्टि चुलिनु स्वभाविक भएको तर्क गरेका छन् । प्रधानमन्त्री केपी ओलीले पटक–पटक गल्ती गर्ने तर संच्चिनुको साँटो अरुको सुझाबलाई वेवास्ता गर्नुले अहिलेको संकट आएको भन्नेमा प्रतिपक्षी दल एकमत देखिन्छन् । तर जनता समाजवादी पार्टीका नेता मनिष सुमनले सरकार र नेकपाको कार्यशैली मन नपरे पनि अहिलेलाई जनताले दिएको म्यान्डेड अनुसार नै चल्नु बाहेक नेकपासँग अर्को विकल्प नभएको बताउँछन ।

सत्तारुढ दलभित्र को प्रधानमन्त्री बन्ने र को अध्यक्ष बन्ने भन्ने विवादले देश र जनताका लागि कुनै फाइदा नहुने अधिकांशको तर्क छ । देश संकटमा भएको र यस्तो अवस्थामा नेकपामा सत्ताको खेल मच्चिनु देश र जनताको लागि दुर्भाग्य भएको प्रतिपक्षी नेपाली कांग्रेस र जसापाको निष्र्कष छ । यद्यपी प्रधानमन्त्री ओलीले प्रतिपक्षसँग छलफल नै नगरी संसदको चालु अधिवेशन अन्त्य गर्नुलाई निरंकुशताको पराकास्टाको रुपमा कांग्रेसले टिप्प्णी गरेको छ । नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले प्रधानमन्त्री फेर्ने नफेर्ने भन्ने नेकपाकै बिषय भएकाले जसरी हुन्छ यो विवाद अन्त्य गरेर जनताको समस्या समाधान गर्नुपर्नेमा जोड दिएकी छिन ।

उता नेकपाभित्रको आन्तरिक किचलोलाई हेर्ने हो भने तत्काल समस्या समाधान नहुने देखिन्छ । एकातिर नेकपा आन्तरिक द्धन्द्ध र कलहमा फस्नु र अकोतिर पार्टी नेतृत्वले सम्माहलेको सरकारको कामकारवार्ही समेत प्रभावकारी नदेखिनुले अव नेकपा कसरी अगाडी बढ्ला ? नेकपाको भविष्या के होला ? र अन्य दलहरुले के कस्तो रणनीति बनाउला भन्ने आमचासोको विषय बनेको छ ।



प्रतिक्रिया दिनुहोस्