Logo

चीनतर्फ संकेत गर्दै मादीले भने- विस्तारवादी पराजित हुन्छन् कि पछि हट्न वाध्य हुन्छन्



एजेन्सी, १९ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनतर्फ संकेत गर्दै कडा अभिव्यक्ति दिएका छन् । उनले आज चिनियाँ सैनिकसँग भारतीय सैनिकको झडप भएको लद्दाखमा पुगी चीनतर्फ संकेत गर्दै विस्तारवादको युग समाप्त भइसकेको बताएका हुन् ।

‘विस्तारवादको युग समाप्त भएको छ । यो विकासको युग हो,’ मोदीको भनाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन्, ‘इतिहासले प्रमाणित गरेको छ कि विस्तारवादी शक्ति या त हार खाएका छर्न कि त फर्कन वाध्य भएका छन् ।’ उनले भारतीय सैनिकको प्रशंशा गरे । भारतीय सेनाको आत्मबल बलियो रहेको भन्दै सिंगो देशले गर्व गरेको बताए ।

मोदीले भारत सधै शान्ति र भातृत्वमा प्रतिवद्ध रहेको बताए । उनी भारतीय सैनिकका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत र सेनापति एम एम नरवाणेको साथमा विहानै लद्दाख पुगेका थिए । उनी अचानक विहान लद्दाख पुगेका हुन् ।-Photo Source: ANI



प्रतिक्रिया दिनुहोस्