Logo

गुणस्तरका इन्जिनियर अख्तियारको फन्दामा



काठमाडौ, १९ असार । गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका इन्जिनियर भरतराज आचार्यमाथी ३ करोड भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र चाकुपाट ललितपुरमा कार्यरत इन्जिनियर आचार्यले गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरी उच्चजीवनयापन गरिरहेको भन्ने आयोगमा दर्ता हुन आएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो ।

सार्वजनिक सेवामा प्रवेश पश्चात अर्यालले आफू र श्रीमतीका नाममा जग्गाहरु खरिद, घरनिर्माण, सवारी साधन खरिद लगायतमा खर्च लगानीका साथै बैकिङ कारोवार तथा विभिन्न बैंक खाताहरुमा रकम जम्मा गरी शेयर लगानी लगायतका आफु अनुकूल लगानी खर्च गर्ने गरेको देखिन आएको र गैह्रकानुनी रकम ३ करोड २१ लाख ६२ हजार ४ सय ८० रपैयाँ अनुसन्धानबाट पुष्टि भएको हो ।

उनलाई कानुा बमोजिम जफत गर्ने प्रयोजनार्थ निजको श्रीमती रितादेवी आचार्यसमेतलाई प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्