Logo

नेकपा विवादः ओलीलाई त्याग देखाउने चुनौति



काडमाडौ, २० असार । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा तीन घण्टा लामो छलफल भए पनि निष्कर्ष भने आएन। छलफलमा महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागि थिए। उनीहरुले तत्कालिन नेकपा एमाले र एकीकृत नेकपा माओवादी बीच एकता हुँदा महत्वपूर्ण भूमिका खेलेका थिए। यसैले पनि दुई अध्यक्षको भेटमा पौडेल र शर्माको उपस्थितिको अर्थ थियो।

बिहीबार बसेको स्थायी समिति बैठक सहमतिका लागि समय पुगोस् भन्दै शनिबारसम्म स्थगन गरिएको थियो। यसैले शुक्रबार दाहालसहित तीन नेता प्रधानमन्त्री निवास बालुवाटार पुगे तर ओलीको एउटै अडान दोहोरिरह्यो। दाहाल निकट स्रोत भन्छ, ुउहाँले उहि पुरानै कुरामा रटान दिनु भयो। प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा बाहेकका सबै विषयमा छलफल गरौं। पार्टीलाई एकतावद्ध बनाउँ। जुन कुरा दाहाल(नेपाल समूहका लागि मान्य थिएन। यस अघि नेताहरुसँगको छलफलको क्रममा दाहाल(नेपालले ओलीले पार्टी विभाजनको अवस्थामा पुर्याुइसकेको बताएका थिए। ओलीले उही अडान दोहोर्याउने र संसद अधिवेशन अन्त्य गर्ने गतिविधि गर्दा नेताहरु संशंकित बनेका थिए।

त्यही शंकाले दाहाललाई राष्ट्रपति निवास पुर्याएको थियो बिहीबार। संसद अधिवेशन स्थगित गर्ने पत्र डेढ घण्टामै संसद सचिवालयमा पठाएको राष्ट्रपति कार्यालयसँग पनि दाहाल विश्वस्त हुन सकेका छैनन्। ओलीले दल विभाजन सम्वन्धी अध्यादेश ल्याउन सक्ने खतरा उत्तिकै रहेको आशंका नेकपा नेताहरुसँग छ।

नेकपाको जारी स्थायी समिति बैठकमा अधिकांस नेताहरुले प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मागिरहेका छन्। यो समाचार आजको नागरिक दैनिकले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्