Logo

कपिलवस्तुमा रित्तिदै आइसोलेसन



कपिलवस्तु, २० असार । रेड जोनबाट हटेको कपिलवस्तुका आइसोलेसन रित्तिदै गएका छन । सरकारले नया निर्देशिका जारी गरे पछि जिल्लाका आइसोलेसन रित्तिदै गएका हुन । जिल्ला स्वास्थ्य कार्यालय अनुसार कपिलवस्तुमा शु्क्रबार सम्म आइसोलेसनमा ७९ जना मात्र संक्रमति छन । कुल ७ सय ४४ मध्ये ६ सय ६४ जना घर फर्की सकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

गत जेठ २४ गते सरकारले नया निर्देशिका जारी गर्दै ११४ दिन आइसोलेसनमा बसेका संक्रमितमा कुनै लक्षण नदेखिए घर जान दिने प्रावधान बनाएको थियो । त्यस यता जिल्लामा भेटिएका संक्रमितहरूलाई धमाधम बिना पिसिआर जाँच घर पठाईएको हो । जिल्लाका १० पालिका मध्ये तीन पालिकामा सबै संक्रमित घर फर्किसकेका छन्। यशोधरा र मायादेबी गाउपालिका तथा महाराजगंज नगरपालिकामा भेटिएको सबै संक्रमित घर फर्कि सकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यशोधरामा जिल्ला कै सबै भन्दा बढी १ सय ६८, महाराजगंजमा १ सय २२ तथा मायादेबीमा ७५ जा संक्रमति भेटिएका थिए । अहिले ती पालिकाका आइसोलेसन खाली छन । कृष्णनगरमा एक जना सुद्धोदन र बुद्धुभुमीमा दुई दु्ई जना मात्र संक्रमित छन । बाणगंगामा ३०,बिजयनगरमा १४, कपिलवस्तुमा २३, शिवराजमा ७ जना संक्रमित भएको समाचार आजको नागरिक दैनिकले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्