Logo

कोरोनाबाट ४४ वर्षिय पुरुषको मृत्यु



२० असार : कोरोनाबाट ४४ वर्षिय पुरुषको मृत्यु भएको छ। आज (शनिबार) बिहान थप एक जनाको मृत्यु भएको हो ।

गोरखा पालुङटार नगरपालिका ७ घर भएको ४४ वर्षिय पुरुषको मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ । गए राति दश बजे आइसोलेसन वार्डमा सारिएका उनको बिहान ५ बजेर ५ मिनेट जाँदा उनको मृत्यु भएको हो । मृत्यु भएका पुरुष निमोनिया र डाइबेटिजका बिरामी थिए।



प्रतिक्रिया दिनुहोस्