Logo

नेकपा नफुट्ने, साउन २ गतेभित्रै ओलीले राजीनामा दिने ज्योतिषको भविष्यवाणी (भिडिओसहित)



काठमाडौं, २० असार । ज्योतिष रुद्रनाथ अधिकारीले आगामी साउन २ गतेभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिने भविष्यवाणी गरेका छन् । उनले प्रधानमन्त्री ओलीको विवेकले ट्याक छोडेको, मति छोडेको र विवेकमा कुहिरो लागेको पनि टिप्पणी गरे । विवेकले मति छोडेकै कारण प्रधानमन्त्री ओलीलाई यस्तो भ्रमित अवस्थामा पुर्याएको उनको भनाई छ । प्रधानमन्त्रीबाट ओलीलाई हटाउनको लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पनि साथ रहने अधिकारीको दाबी छ । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नफुट्नेसमेत भविष्यवाणी गरे ।

प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो भविष्यवाणी गरेका हुन् । प्रधानमन्त्री ओलीले कहिलेसम्म प्रधानमन्त्रीबाट राजीनामा दिनुहोला त ? भनेर सोधेको प्रश्नमा उनले आउने साउनको २ गतेभित्रै नेपाली राजनीतिले नयाँ ट्याक पाउने बताए । साउन २ गतेभित्रै ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एकबाट राजीनामा दिने भविष्यवाणी समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्