Logo

ब्याडमिन्टन स्टारद्वारा सन्यासको घोषणा, एक घन्टामै ५ करोडले सामाजिक सञ्जाल विवोको पेज हेरे



एजेन्सी, २० असार । चीनका ब्याडमिन्टन स्टार लिन डानले शनिबार सन्यासको घोषणा गरेका छन् । दुईपटक ओलम्पिक स्वर्ण पदक विजेता डानले ३६ वर्षको उमेरमा सन्यास घोषणा गरेका हुन् ।

उनले चीनमा चल्दै आएको सामाजिक सञ्जाल विवोमा सन्यासको घोषणाबारे जानकारी दिएका हुन् । लगत्तै एक घन्टामा उनको सन्यास घोषणाबारे विवोमा पाँच करोडले हेरेका छन् ।

डानले सन् २००० देखि २०२० सम्म चिनियाँ राष्ट्रिय टोलीबाट खेलेको भन्दै अब सन्यास लिने समय आएको उल्लेख गरेका छन् । उनले आगामी दिनमा परिवारलाई समय दिने र अन्य प्रतिष्पर्धामा सहभागी हुने समेत बताएका छन् ।

सुपर डानका नामले परिचित उनले दुईपटक ओलम्पिक स्वर्ण जितेका थिए । पाँच पटक विश्व च्याम्पियन, पाँच पटक सुदिरमान कप गोल्ड र छ पटक थोमस कपको उपाधि जितेका थिए ।-Photo Source: Reuters



प्रतिक्रिया दिनुहोस्