Logo

‘सरकारले जग्गा कब्जा गरेको’ भन्दै विरोधमा उत्रिएका खोकनावासी र प्रहरीबीच झडप



काठमाडौं, २० असार । खोकनावासी किसान र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले अश्रुग्याँस समेत चलाएको छ ।

आज दिउँसो खोकनावासी किसान फाष्ट ट्रयाकका लागि अधिकरण गरिएको जग्गामा रोपाई गर्न पुगेका थिए । त्यसलाई रोक्न प्रहरी सयौंको संख्यामा पुगेको थियो । खोकनावासीले विरोध प्रदर्शन गर्दै नारावाजी गरेका थिए । प्रहरीले ट्रयाकमा खनजोत नगर्न भनेपनि आफूहरुको जग्गा नछाड्ने भन्दै प्रदर्शनमा स्थानीय उत्रिएका थिए । त्यस क्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो ।

सयौंको संख्यामा स्थानीयवासी विरोधमा उत्रिएपछि झडप भएको थियो । प्रहरीले प्रदर्शनकारीलाई हटाउन अश्रुग्याँसको प्रयोग गरेको छ ।
सरकारले फाष्ट ट्रयाकका लागि जग्गा अधिकरण गरेपछि खोकनावासी विरोध गर्दै आएका छन् । सेनाले खोलिरहेको फाष्ट ट्रयाक खोकनामा पनि पर्दछ । खोकनावासीले पौराणिक र ऐतिहासिक क्षेत्रको अस्तित्व मेट्न खोजेको भन्दै विरोध गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्