थप दुईजनाको कोरोना संक्रमणबाट मृत्यु, कुल संख्या ३४ पुग्यो


काठमाडौं, २० असार । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले थप दुईजना पुरुषको संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको छ ।

आज कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएकामा गोरखा र रुपन्देहीका पुरुष हुन् । उनीहरुमध्ये एकजना निमोनिया भई अस्पताल भर्ना भएका र अर्का क्षयरोग संक्रमित भई उपचाररत थिए । योसँगै संक्रमणबाट मृत्यु हुनेमा २७ पुरुष, ६ महिला र एक शिशु छन् ।

संक्रमणबाट मृत्यु भएका
१. गोरखा पालुङटार ४४ वर्षका पुरुष । १९ असारमा निमोनिया भई गोरखा अस्पताल भर्ना भएकोमा २० असारमा मृत्यु भएको । १९ असारमा कोरोना पुष्टि भएको । १७ असारमा कतारबाट नेपाल फर्किएर पालुङटार क्वारेन्टाइनमा राखिएको ।

२. रुपन्देही देवदहका ७५ वर्षीय पुरुष । १४ असारमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका । क्षयरोगको उपचाररत १७ असारमा मृत्यु भएको । १८ असारमा कोरोना पुष्टि भएको ।