Logo

कर्णाली प्रदेशसभाको बैठक शुरु



सुर्खेत, २० असार : केही दिनदेखि बस्न नसकेको कर्णाली प्रदेशसभाको बैठक आज बसेको छ । यही असार ११ गते प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस बैठक अवरुद्ध गरेपछि बैठक बस्न सकेको थिएन ।

आजको बैठकमा प्रतिपक्षी दल काँग्रेसका सभासदहरु भने उपस्थित भएनन् । काँग्रेस सभासद दीनबन्धु श्रेष्ठले सबै मन्त्रालयको किताब एकैपटक नआएका कारण बैठकमा भाग नलिएको बताए ।

असार ११ गतेको बैठकमा सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेश विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रदेशसभा सचिवालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयका शीर्षकहरुमाथिको छलफल प्रारम्भ गरेलगत्तै काँग्रेसले अवरोध गरेपछि बैठक स्थगन भएको थियो ।

आजको बैठकमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सभामा स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी संशोधन गर्न बनेको विधेयक, २०७७ पेश गर्नुभयो । प्रदेशसभाको अर्को बैठक भोलि १ः०० बजे बस्नेछ ।रासस/File Photo



प्रतिक्रिया दिनुहोस्