Logo

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितलनिवासमा, मन्त्रीहरुलाई बोलाए बालुवाटार



काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । पार्टीभित्र आन्तरिक विवाद चुलिएको बेला प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग छलफल गर्न लागेको बुझिएको छ । तर, प्रधानमन्त्रीको सचिवालयले भने प्रधानमन्त्री र राष्ट्रपति भण्डारीबीचको आजको भेटवार्ता नियमित भेटवार्ता मात्रै भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री ओलीले आजै साँझ साँढे ७ बजे बालुवाटारमा सबै मन्त्री तथा राज्यमन्त्रीहरुलाई बोलाएका छन् । मन्त्रीहरुलाई बोलाएको कुरा बालुवाटार स्रोतले जनाएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्