Logo

प्रधानमन्त्री ओलीले के निर्णय लिदैछन् ?



काठमाडौं, २० असार । यसै हप्ता विहान र दिउँसो एकै दिन दुईपटक शितवनिवास पसेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बजेट अधिवेशन अन्त्य गर्ने सिफारिशको निर्णय गराए । पार्टी स्थायी कमिटी बैठकमा नगई राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितलनिवासमा भेटेपछि उनले क्याबिनेटबाट उक्त निर्णय गराए ।

निर्णय गरेको केही समयमै राष्ट्रपति भण्डारीले संसद अधिवेशन अन्त्यको घोषणा गरिन् । आज फेरि उनी शितलनिवास पुगे । क्याबिनेट साँझ सात बजेका लागि बोलाए । यसले उनी कुनै गम्भीर निर्णय गर्दैछन् भन्ने अनुमान गरिएको छ ।

नेकपाभित्र ओलीको राजीनामा मागिएको छ । उनी कुनै हालतमा राजीनामा नदिने पक्षमा छन् । बरु अध्यादेश ल्याएर भएपनि पार्टी फुटाउन सहज बनाउन खोजेको चर्चा चलेको छ । उनले यस्तो निर्णय लिए भने आज क्याबिनेट सामान्य नहुने सक्छ । ओलीइतर समुहका मन्त्रीहरुले कडा प्रतिवाद गर्न सक्छन् ।

ओली विरोधी मन्त्रीहरु गोजीमा राजीनामा बोकेर हिंडिरहेका छन् । यस्तो अवस्थामा आज साँझ कुनै गम्भीर निर्णय भएर राजनीतिक दुर्घटनाको सम्भावना औल्याइएको छ । यसलाई टार्न भने ओलीलाई कठिन छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्