Logo

राष्ट्रपति भण्डारीलाई महाभियोग लगाउने सम्मको रणनीति



काठमाडौं, २० असार । नेपाल कम्युनिस्ट पार्टीभित्रको एक समुहले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउने सम्मको रणनीति तयार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन तयार नभएको र उनले चालेको कदमलाई धमाधम अनुमोदन गर्न थालेको भन्दै उक्त समुहले महाभियोग लगाउने सम्मको रणनीति तयार गरेको बुझिएको छ ।

प्रचण्ड निवास खुमलटारमा ओलीइतर समुहको बैठक बसी ओलीले चाल्न सक्ने कदमलाई दृष्टिगत गरी महाभियोग सम्म लगाउने रणनीति तयार भएको विश्वस्त स्रोतले जानकारी दिएको छ । ओलीले अध्यादेश ल्याएर दल विभाजन सहज बनाउने तयारी गरेको र त्यसलाई राष्ट्रपति समक्ष पठाएर अनुमोदन गर्न ठिक्क पारेको सुचना पुगेपछि खुमलटारमा आकस्मिक बैठक बसी रणनीति बनाइउको बुझिएको छ ।

संसदको २५ प्रतिशत संख्याले राष्ट्रपतिलाई महाभियोग लगाउन सक्ने संवैधानिक व्यवस्था छ । नेकपाभित्रको विवाद चर्कंदै जाँदा राष्ट्रपति भण्डारीले ओलीलाई साथ दिइरहेको देखिएको छ । ओलीले आजै राष्ट्रपति भण्डारीलाई शितलनिवासमा भेटी मन्त्रीहरुलाई छलफलका लागि बोलाएका छन् । –File Photo



प्रतिक्रिया दिनुहोस्