Logo

मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको ब्रिफिङ : जे पनि हुन सक्छ तयार रहनु



असार २०, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुलाई भोलिका दिनमा जस्तोसुकै परिस्थिती आउन सक्ने चेतावनी दिएका छन् । आज साँझ सबै मन्त्री तथा राज्यमन्त्रीहरुलाई वालुवाटार बोलाएर ओलीले पार्टीभित्रको विवाद तत्काल समाधान हुने संकेत नदेखिएको भन्दै खतराको घण्टी बजेको जानकारी गराएका हुन् ।

मन्त्रीहरुसँग ओलीले नेकपा पार्टी अहिलेकै अवस्थामा नरहन सक्ने भन्दै विभाजनको संकेतसमेत दिएका छन् । पार्टी विभाजन भएमा कुन पक्षतिर लाग्ने भन्नेमा सुझबुझपूर्ण निर्णय गर्न पनि ओलीले सुझाब दिएको एक मन्त्रीले जानकारी दिए ।

शनिबार साँझ बालुवाटारमा पछिल्लो राजनीतिक घटनाक्रमबारे परामर्श गर्न बोलाएको बैठकमा सत्तारुढ दल नेकपाभित्र भइरहेका गतिविधिबारे मन्त्रीहरूलाई आफ्ना धारणा सुनाएका थिए । साथै आफूले कुनै पनि पदबाट अहिले राजीनामा नदिने मन्त्रीहरुसमक्ष ओलीले स्पष्ट पारेका छन् ।

‘प्रधानमन्त्रीले पार्टी एकता गम्भीर मोडमा पुगेको पनि बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्