Logo

भारत र चीनबीच युद्व कि शान्ति ?



एजेन्सी, २० असार । भारत र चीनबीचको सीमा विवाद सैन्य स्तरबाट निरन्तर समाधानको प्रयास भइरहँदा पनि समस्या कायमै छ । दूवै देश एक अर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन् ।

एसियाका दुई शक्तिशाली देशहरुबीचको सीमा विवाद विगत देखिकै मुद्दा रहेको हो । समाधानतर्फ उन्मुख भएको सीमा विवाद १५ जुन पछि झन् आक्रोशित भएको छ । गल्वान क्षेत्रमा दुवै देशबीच झडप हुँदा २० जना भारतीय सैनिक लडाकु मारिएको थियो ।

झडप भएपश्चात पनि सैन्य स्तरको वार्ता भने जारी रह्यो । वार्तामा आफ्नो सैन्य उपस्थिति र चीनद्वारा गरिएको तीन क्षेत्रबाटको हस्तक्षेप न्युनीकरण गर्न विषयमा सहमति भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेको थियो । विवाद नाकारात्मक उन्मुख भइरहँदा दूवै देशले आफ्नो शैनिक उपस्थिति र अभ्यासहरुलाई तिव्रता दिएको छ ।

२० भारतीय सैनिक मारिएको जवाफमा भारतले हालै चिनियाँ सामाग्री र एप्सहरुमा प्रतिबन्ध लगाएको छ । भारतीय नागरिकको डाटा सुरक्षीत नभएको भन्दै भारतले प्रतिबन्ध लगाउँदै डिजीटल स्ट्रइकको संज्ञा दिइएको हो । भारतीय सेना प्रमुखको लद्दाख दौरापछि भारतीय प्रभानमन्त्री लद्दाख क्षेत्र पुगेका थिए । उक्त क्षेत्रमा शैनिकहरुको मनोवल उच्च पार्न उनको भ्रमण भएको जनाइएको थियो । भारतीय प्रधानमन्त्रीले चीनलाई संकेत गर्दै विस्तारवादको अन्त्य निश्चित हुने नभए पछि हट्नु पर्ने बाध्यता निम्तिने विषय औँल्याएका थिए । साथै उनले भारत सदैव विश्वमा शान्तिको मार्ग अबलम्बन गरेको विषयलाई सकेत प्रकाश पारेको थिए ।

चीनले भने उक्त विषयमा भारतले अमेरिकाको साथ लिएकोमा निरन्तर आपत्ती जनाउँदै आएको छ । भारतीय प्रधानमन्त्री मोदीको लद्दाख भ्रमणलाई चीनले महामारीको असक्षमतालाई लुकाउन र राष्ट्रवादको नारालाई हावा दिन मोदी पुगेको आरोप लगाएको छ । भारतको खस्किदै गइरहेको अर्थतन्त्रलाई नागरिको नजरबाट हटाउन र नागरिकलाई राष्ट्रवादको मुकुट लगाउन मोदीको प्रयास रहेको जनाइएको छ । भारतले समिामा अग्रसर रह्यो सैनिकहरुलाई खटाउन तयारी गर्नपर्नेमा चीानको जोड रहेको छ ।

भारत भने विभिन्न माध्यमबाट चीनसंगको समझदारी चाहन्छ भन्ने विषय चीनले बताएको छ । भारतलाई अमेरिकाको अमेरिकन पहिलो निती बारे समेत गराउँदै आफ्नो क्षमताको आधारमा समस्याको समाधान खोज्न भनिरहेको छ । भारत भने उक्त नीति प्रति सदैव समेत रहेको विषय समेत जनाएको छ । दूवै देशको विवाद भने तेस्रो मुलुकको कारण झन् जटिल बन्दै गएको देखिन्छ । साउथ चाइना सीमा र हिन्द महासागरमा चीनको बढ्दो गतिविधि प्रति सम्पूर्ण विश्व त्रसित भएको छ । सम्पूर्ण देशहरु एकजुट भइ चीनको प्रतिरोध गर्ने प्रयास गरिरहेको छ ।

पश्चिमी मुलुकको चासोले दूई ठूला देशहरुको सीमा विवादले समाधानमा दरार पैदा भइरहेको देखिन्छ । यसले युद्व निम्तिए दक्षिण एसियामै ठुलो क्षति पुग्ने छ र पश्चिमी मुलुक हावी हुन सक्ने आँकलन कतिपयले लगाइरहेका छन् । पश्चिमी मुलुकको प्रभुत्व हटाउन दूवै देशले शान्तिको मार्ग आपनाउँदा नै उचित हुने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्