Logo

प्रधानमन्त्रीद्वारा राजनीतिक परिस्थितिबारे मन्त्रीहरुलाई ब्रिफिङ, कुनै निर्णय नभएको जानकारी



काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका मन्त्रीहरुलाई पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन् । आज साँझ आकस्मिक रुपमा बोलाइएका उनीहरुलाई प्रधानमन्त्रीले ब्रिफिङ गरेका हुन् ।

प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी सिधै बालुवाटार गएर मन्त्रीहरुसँग छलफलमा सहभागी भएका थिए । सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले प्रधानमन्त्रीबाट पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ भएको बताए । उनले भने, प्रधानमन्त्रीले राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्नुभयो ।

नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिदै जाँदा प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीहरुलाई छलफलका लागि बोलाउनुलाई अर्थपूर्ण मानिएको छ । पार्टीभित्रको बहुमत स्थायी कमिटी सदस्यहरुले उनको राजीनामा मागिरहेका छन् । तर, ओली राजीनामा दिन तयार छैनन् । उनी परिस्थितिको सामना गर्न तयार देखिएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्