राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं : प्रवक्ता श्रेष्ठ


काठमाडौं, २० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिबिरुध्द महाअभियोग प्रस्ताव ल्याउने भनेर अनर्गल झुठा प्रचार कसैले गर्न नहुने स्पष्ट पारेका छन् । आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु र राज्यमन्त्रीहरुलाई बालुवाटार बोलाएर आफू र राष्ट्रपतिविरुद्ध षड्यन्त्र हुन लागेको बताउँदै तपाईहरुको लाईन कता हो ? भन्दै साईडक क्लियर गर्न निर्देशन दिएका थिए । ओलीले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन खोजिएको संकेत मन्त्रीहरुसँग गरेका थिए ।

प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्,हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो।यो गरिमामय सँस्थालाई कसैले पनि आ(आफ्नो स्वार्थका लागि विवादमा नतानौं।राष्ट्रपतिको बिरुध्द महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं।राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं।राष्ट्रपतिज्यु स्वयंको पनि ध्यान जाने नै छ।