एजेन्सी, २१ असार । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३२ हजार नाघेको छ । कुल संक्रमित संख्या एक करोड १३ लाख नाघेको छ । ६४ लाख मानिस निको भएका छन् ।
सबैभन्दा बढी अमेरिकामा संक्रमित संख्या २९ लाख नाघेको छ । त्यहाँ एक लाख ३२ हजारको मृत्यु भइसकेको छ ।
ब्राजिलमा १५ लाख संक्रमित संख्या पुगिसकेको छ । त्यहाँ मृत्यु हुनेको संख्या ६४ हजार नाघेको छ ।
रुसमा ६ लाख ६४ हजा संक्रमितमध्ये मृत्यु हुनेको संख्या १० हजार नाघोके छ । भारतले रुसलाई उछिन्दैछ । त्यहाँ कुल संक्रमित संख्या ६ लाख ७३ हजार छ । मृत्यु हुनेको संख्या १९ हजार नाघेको छ ।




प्रतिक्रिया