Logo

ओलीको अडानको कारण नेकपाभित्र झन भाँडभैलो



काठमाडौं, २१ असार । सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कारणको कारण पार्टीभित्र झन भाँडभैलो सुरु भएको छ । आन्तरिक विवाद चुलिददै जादा पार्टीभित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको छ । शुक्रवार पार्टी अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको वार्तामा कुनै सहमति जुटन सकेन ।

वार्तामा अध्यक्ष ओलीले आफूले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोडने बरु परि आएको अवस्थामा पार्टी विभाजित गर्ने चेतावनी प्रचण्डलाई दिएपछि पार्टीको विवाद थप चुलिएको छ । स्थायी कमिटीको बैठक स्थगित गरेर दुई अध्यक्षबीच वार्ता भएपनि सहमति जुटन सकेन । पार्टीका दोस्रो तहका नतोहरुलाई दुवै अध्यक्षलाई चलकता अपनाएर पार्टी एकता बचाउन आग्रह गरेपनि दुवै अध्यक्ष आ–आफ्नो अडानमा रहेका छन् ।

पार्टीभित्र प्रधानमन्त्रीको कार्यशैलीको कारण असन्तुष्टि जनाउदै अध्यक्ष प्रचण्ड वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले अधयक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा दिन ओलीलाई दबाब दिदै आएका छन् ।

तर प्रधानमन्त्री ओलीले आफूले राजिनामा नदिने अडान दोहोर्याउदै जारी बर्षे अधिवेशन समेत अत्त्य गर्ने निर्णय लिनुभएको छ । शनिवार बिहानैबाट शीर्ष तहमा सहमति जुटाउनको छलफल भएपनि सहमति जुटन नसकेको खबर आजको नेपाल समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्