Logo

नायिका एलिजा र दुर्गेश अभिनित ‘आधी कपाल’ बोलको गीतको भिडिओ बजारमा



काठमाडौं, २१ असा । नायिका एलिजा गौतम र दुर्गेश थापा अभिनित आधी कपाल बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । नायिका गौतमको यो पहिलो म्युजिक भिडिओ हो । भिडिओ सार्वजनिक भएको तीन घण्टामै झण्डै एक लाखले हेरिसकेका छन् ।चर्चित गायक अमृत सापकोटा र गायिका समिक्षा अधिकारी र आयुषा गौतमको स्वर रहेको उक्त गीतको भिडिओ निकै राम्रो बनेको छ ।

गीतमा बाल गायिका आयुषा गौतम र एलिजाकी छोरी एरिका धमलाको पनि अभिनय रहेको छ । खेम सेञ्चुरीको संगीत र नेत्र अर्यालको शब्द रहेको गीतको भिडियो निर्देशन भने शिब बिकले गरेका हुन् । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियो निकै उत्कृष्ट बनेको छ ।



प्रतिक्रिया दिनुहोस्