Logo

‘कोरोना महामारी आफै अन्त हुने, भ्याक्सिन आवश्यक नपर्ने’ अक्फोर्डमा भएको अध्ययनको दाबी



महिनौँ दिन देखि फैलिएको कोरोना भाइरसले विश्वमै संकट छाएको छ । करोडभन्दा बढी संक्रमित भइसकेका छन् भने मृत्यु हुने पाँच लाख नाघिसकेको छ । कोरोनाको खोप बनाउने प्रतिष्पर्धा चलेपनि आइसकेको छैन ।

भ्याक्सिन निर्माण गर्ने र परिक्षणको चरणहरु सुरु भइसकेको कतिपय कम्पनीले जनाउँदै आएका छन् । भ्याक्सिन विकासको दौड कायमै रहँदा अक्सफर्डमा गरिएको अनुसन्धानले कोरोना भाइरस स्वतः अन्त्य हुने सक्ने दाबी गरेको छ । भाइरसका लागि भ्याक्सिन आवश्यक नरहेको जनाइएको छ । यो रोग आफै अन्त्य हुने रिसर्चको दाबीले मानिसहरुमा केही आशा जगाएको छ । भ्याक्सिन निर्माण हुन समय लाग्ने र समाजिक दूरी कायम गरिरहन डब्लूएचओले भनेको छ ।

भ्याक्सिनको निर्माण कहिलेसम्म हुने : विभिन्न कम्पनीहरु कोरोना भ्याक्सिनको निर्माणमा लागिरहेको अवस्था देखिन्छ । क्लीनीकल परिक्षणहरु निरन्तर भइरहेको कम्पनीहरुले जनाइरहेका छन् ।क्लीनीकल परिक्षण साकारात्मक उन्मुख भएको कम्पनीहरुले आशा देखाइरहँदा वास्तवीक रुपमा भ्याक्सिनको निर्माण कहिले हुने विषय अन्योल देखिएको छ । निर्माण भइरहेको भ्याक्सिनहरुले केही हदसम्म रोकथाम गर्न विषय जनाइरहेको देखिन्छ ।

अक्फर्डद्वारा निर्मित एस्ट्राजेनेकाले समेत केहीहद सम्म मात्रा कोरोना संक्रमित व्यक्तिमाथि प्रभावकारी हुने आशा देखाएको छ । तर, निर्माण भइरहेको भ्याक्सिनले नाकारात्मक असर पनि उत्तिकै देखाइरहे संगै केही प्रकारका व्यक्तिमाथि मात्र भयाक्सिन प्रयोग गरिने विषय जनाइएको छ । विकल्प नहँदा अक्सफर्डले भाइरस स्वतह अन्त्य हुने दाबी गरीरहेको छ ।

कोरोना महामारी अन्त्य कसरी र कहिलेः महामारी कहिले र कसरी अन्तय हुन्छ भन्नेमा सम्पूर्णको ध्यान कन्द्रित गरेको छ । लकडाउनका कारण विश्वकै मानिसहरु घरमै बस्न बाध्य भएका छन् । यसैक्रममा अक्फर्ड विश्वविद्यालयलले निरन्तर अनुसन्धाहरु गरिरहेको छ । विश्वविद्यालयकी प्रोफेसर सुनेत्रा गुप्ताले अनुसन्धाको क्रममा विगतमा देखिएको महामारी जस्तै कोरोना महामारी रहेको औल्याउँदै यसको अन्त्य गर्न कुनै विशेष प्रकारको गतिविधिको आवश्यकता नरहेको ठहर गरेकी छिन् ।

भाइरसको संक्रमणबाट अत्यधिक जोखिम भोगीरहेका व्यक्तिलाई ध्यान दिने आवश्यकता रहेको र स्वस्थ्य मानिसले स्वतह भाइरसलाई दबाउन सक्ने विश्वास उनले मिडीयालाई जानकारी दिएकी हुन् । अन्य फ्लू भन्दा यस भाइरस सित लड्न सक्ने जनाइन् ।

कसले कोरोनाको पहिलो भ्याक्सिन निर्माण गर्न सक्छः प्रोफेसर गुप्ताले भ्याक्सिन निर्माणको दौड कायमै रहेता पनि भ्याक्सिनलाई कमजोर प्रतिरक्षा प्रणाली र कम प्रतिरोधात्मक प्रणाली भएको व्यक्तिमाथि मात्र प्रयोग गरिने जनाइन् । अधिक उमेर नभएका र कुनै रोगले ग्रसित नभएका स्वस्थ्य मानिसहरुले स्वतह कोरोना परास्त गर्न सफल हुने र भइरहको जनाइन् । अन्य सामान्य फ्लूको रुपमा यसलाई लिन सक्ने र आत्तिनु नपर्नेमा उनले विश्व दिलाइन् ।

कोरोना इन्फ्लूएन्जा महामारी भन्दा कम खतरनाक : प्रोफेसर गुप्ताले कोरोनाविरुद्वको भ्याक्सि निर्माण गर्न इन्फ्लूएन्जा महामारी भन्दा सजिलो रहेको व्यक्त गरेकी छिन् । जुन मानव जनसंख्याको लागि घातक देखिएको थियो । इन्फ्लूएन्जा महामारीको मृत्यु दर भन्दा कोरोनाको मृत्यु दर कम रहेको कारण यसलाई दबाउन सजिलै सकिने जनाइन् ।

भ्याक्सिनको निर्माण गर्मी मौसको अन्त्य सम्म निस्किने विश्वास समेत उनले दिलाइन् । विश्वभरी लकडाउनले भाइरसलाई नियन्त्रण गर्न केही हदसम्म रोकथाम गर्न मद्दत पुर्यायो । तर, औषधी वा भ्याक्सिन मात्र रोकथाम गर्न नसक्ने विषयमा समेत प्रकाश पारिन् ।

खोपमा मात्र निर्भर हुन नमिल्ने डब्लूएचओको भनाई : तीव्र गतीमा फैलिरहेको कोरोना भाइरसको भ्याक्सिन निर्माण हुन र प्रयोगमा ल्याउन कम्तिमा ४ देखि ५ वर्ष सम्म लाग्ने विषयलाई डब्लूएचओले सार्वजनिक गरिसकेको छ । त्यसकारण भाइरसको भ्यक्सिनमाथि मात्र पूर्ण विश्वस्त हुन नसक्ने अवस्ता रहेको बताइसेकेको विषयलाई प्रोफेसर गुप्ताले जनाइन् । अन्य प्रभावकारी भूमिकालाई आत्मसाथ गर्न जरुरी रहेको जनाइएको छ ।

खोप तयार हुन वास्तवमा कति समय लाग्छ : भयाक्सिनको दौड निरनतर भइरहेको छ । परिक्षणहरुले आशाको किरण देखाइरहेको छ । भ्याक्सिनहरु सुरक्षित र प्रभावकारी भएको कतिपय कम्पनीहरुले दाबी गरिरहेका छन् । तर, भयाक्सिनलाई प्रयोगमा ल्याउन निकै समय लाग्ने देखिन्छ । प्रयोगमा ल्याउनुभन्दा अगाडी भ्याक्सिनको साइड इफेक्ट, मूल्य र उत्पादनको योजनाहरु बनाउन जरुरी रहेको देखिन्छ । यसकारण भ्याक्सिनको निर्माणमा वर्षौ लाग्न सक्ने देखिन्छ । द्रुत गतीमा भ्याक्सिनको निर्माण सम्भवत पहिलो पटक विश्वले गरिरहेको जनाइएको छ ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्