Logo

रोशीमा खानेपानी आयोजनाको काम हुँदै



बनेपा, २१ असार : खानेपानीको चरम समस्या झेलिरहेका नारायणटार बासिन्दाले अब छिट्टै शुद्ध खानेपानी उपभोग गर्न पाउने भएका छन् । रोशी गाउँपालिका–१, २ र ३ का बासिन्दालाई राष्ट्रिय योजना आयोगको रु एक करोड र भूकम्प पुनः निर्माण कार्यक्रमको एकीकृत बस्ती निर्माण कार्यक्रमअन्तर्गतको एक करोड ५० लाख खानेपानी आयोजनाका लागि प्रयोग गर्ने निर्णय भएसँगै थालनी भएको आयोजनाले गति लिएको छ ।

भने, “हामी जसरी भए पनि तोकिएका समयमा मुख्य पाइपलाइन बिछ्याएर ट्याङ्की निर्माणको कामसमेत सकाउँछौँ ।” बाँकी उपभोक्ताको घरघरमा पाइप र धारा जोड्ने काम उपभोक्ताका तर्फबाट गर्ने गरी काम भइरहेको छ । रु दुई करोड ५० लाखको लागतमा निर्माण हुन लागेको बृहत् नारायणटार खानेपानी आयोजना पूरा भएपछि त्यहाँका ३२० घरधुरी लाभान्वित हुनेछन् ।

आयोजना निर्माणका लागि ठेक्का पाएको एनएस कन्स्ट्रक्शनका प्रोपाइटर ङेमा लामाका अनुसार सम्झौता भएको केही दिनमा नै बन्दाबन्दी भएकाले काम गर्न कठिनाइ भए पनि समस्याकै बीचमा काम भइरहेको र असार मसान्तभित्र काम सम्पन्न गरिने बताए । सबै सामग्री काम गर्ने स्थलमा लगिसकिएको र निर्माणस्थलमा काम धमाधम भइरहेको छ ।

सो आयोजनाको करीब दुई तिहाइ काम सम्पन्न भइसकेको वडाध्यक्ष श्रीदास लामाले बताए । वडा नं १ को साविक खहरेपाँगुको वडा नं ६ र २ शिखरआम्बोटेलाई समेट्ने गरी बृहत् नारायणटार खानेपानी आयोजनाको गुरुयोजना तयार गरी काम अगाडि बढाएको हो ।

गुरुयोजना तयारीपछि आर्थिक वर्ष २०७५-७६ मा गाउँपालिकाको रु २२ लाख आर्थिक सहयोगमा रु बीसबीस हजारका चार ट्याङ्की निर्माण भइसकेको छ । त्यसपछि योजना आयोगमा योजना पेश गरिएअनुरुप आव २०७६-७७ मा रु एक करोड बजेट परेपछि त्यसको ठेक्का प्रक्रियामार्फत काम भइरहेको छ । त्यसमा पनि रकम नपुग भएपछि भूकम्प पुनः निर्माणअन्तर्गत एकीकृत बस्ती विस्तार कार्यक्रमअन्तर्गत रु एक करोड ५० लाख बजेटबाट खानेपानी आयोजना निर्माणका लागि प्रक्रिया अगाडि बढेको वडाध्यक्ष लामाले बताए ।रासस/File Photo



प्रतिक्रिया दिनुहोस्