Logo

चन्द्रागिरि हिल्सको शेयर निष्कासन गर्ने सम्झौता



काठमाडौँ, २१ असार : नागरिक लगानी कोष र चन्द्रागिरि हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्नेसम्बन्धी सम्झौता भएको छ । चन्द्रागिरि हिल्सको १८ लाख ४० हजार नौ सय १० कित्ता शेयरको रु १८ करोड ४० लाख ९१ हजार बराबरको शेयर निष्कासन गर्ने सम्झौता आज भएको हो ।

कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरि हिल्सका तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेकविक्रम शाहले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको कोषले जनाएको छ ।रासस/File photo



प्रतिक्रिया दिनुहोस्