Logo

नेकपामा सहमति खोज्न अघोषित कार्यदल गठन, गृहकार्य सुरु



काठमाडौं, २१ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्नको लागि पाँच सदस्यीय कार्यदल गठन भएको छ । तर, उक्त कार्यदल भने घोषित होईन । असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा नेताहरुले केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिन माग गरेका छन् ।

तर, ओलीले भने आफूले कुनैपनि हालतमा दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन् । आजपनि दुई अध्यक्षबीच छलफल भएको छ । तर, उनीहरुबीच सहमति भने भएको छ । बैठकमा सहभागी एक नेताका अनुसार दुई अध्यक्षबीच सबै विषयमा खुल्ला रुपले छलफल भएको छ । तर, सहमति भने भएको छैन् । उनीहरुबीच भोलि विहान पूनः एकपटक बस्ने सहमति भएको छ ।

दुई पक्षबीच सहमति खोज्नको लागि अघोषित कार्यदल नै गठन भएको स्रोतको दाबी छ । उक्त कार्यदलमा ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल ओली पक्षबाट छन् भने दाहाल पक्षबाट जनार्दन शर्मा र वर्षमान पुन रहेका छन् । दोस्रो पुस्ताका नेताहरु यतिवेला आन्तरिक गृहकार्यमा जुटेका छन् । सहमतिको खाका तयार पार्नको लागि नेताहरु आज दिनभरि र भोलि विहानसम्म छलफलमा बस्ने भएका हुन् । File Photo



प्रतिक्रिया दिनुहोस्