Logo

काठमाडौंमा एकैदिन २७ जनामा देखियो कोरोना



काठमाडौँ २१ असार : काठमाडौंमा २७  र ललितपुरमा २ जनामा कोरोना संक्रमणकाे पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार गरेको नियमित ब्रिफिंग अनुसार काठमाडौं जिल्लामा मात्रै अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन्। काठमाडौंका २७ जना सहित आज २९३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ७८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक सय ३२ जना कोरोना परास्त गर्न सफल भएका छन् । योसंगै कोरोना परास्त गर्नेको संख्या ६ हजार ५४७ पुगेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्