Logo

कुल संक्रमितमध्ये ०.२१ प्रतिशतको मृत्यु, ४१.५ प्रतिशत संक्रमणमुक्त



काठमाडौं, २१ असार । नेपालमा कुल १५ हजार ७ सय ८४ कोरोना भाइरसका संक्रमितमध्ये हालसम्म ३४ जनाको मृत्यु भएको छ । यो कुल संक्रमितको ०.२१ प्रतिशत हो ।

कुल संक्रमितमध्ये ६ हजार ५ सय ४७ संक्रमणमुक्त भएका छन् । यो कुल संक्रमितको ४१.५ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ९ हजार २ सय ३ जना आइशोलेशनमा छन् ।

नेपालमा ठुलो संख्यामा संक्रमण मुक्त हुने भेटिनुलाई सकारात्मक नतिजा मानिएको छ । संक्रमण भएकामा मृत्यु भएकाको संख्या निकै न्युन छ । मृतकमध्ये अधिकांश दीर्घरोगी रहेको तथ्यांक छ । यसबाट दीर्घरोगी झन् सचेत हुनुपर्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्