Logo

सांसद महेश बस्नेतद्वारा भक्तपुरमा वृक्षारोपण शुभारम्भ



भक्तपुर, २१ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आज भक्तपुरमा वृक्षारोपणको शुभारम्भ गरेका छन् । ‘एक घर दुई रुख’ अनुरुप शनिवार सूर्यविनायक नगरपालिकाको वडा नं ७ गुण्डू चोकदेखी रातोपाटी, पानीट्याङ्की, खहरे, बसपार्कसम्मको सडक खण्डको दायाँ/बायाँ ५ मीटर दुरिमा ८ सय ५० बटा धुपी, कल्कि, पारिजात, लालुपाते, असारे फुल, तेजपत्ता र जाई लगायतका फूलजन्य बिरुवाहरुको वृक्षारोपण शुभारम्भ गरिएको छ ।

विभिन्न प्रकारका सडक, ढललगायतका विभिन्न प्रकारका विकासले स्वरुप नपाउँदासम्म हरियाली प्रवद्र्धन कार्यक्रम गर्न कठिनाई भएको तर अब भक्तपुरमा हरियाली प्रवद्र्धनका कार्यक्रमहरु गर्न सहज हुँदै गएको जानकारी गराउँदै सांसद बस्नेतले जनताको माग अनुसार गुण्डु चोकदेखी बसपार्कसम्म हरियाली प्रवद्र्धन अनुसार शुभारम्भ गरिएको बताए ।

अरनीको राजमार्ग, कैशलटार–वालकोट हुँदै सिरुटासम्मको सडक, अनन्तलिङ्गेश्र क्षेत्र, गुण्डुको प्रहरी चौकीदेखी वसपार्कसम्म हरियाली प्रवद्र्धन कार्यक्रम भएको साथै किवाचोमा सम्पूर्ण तयारी भइसकेको जानकारी गराउँदै उनले बुढिगण्डकी पुुलबाट किवाचोक जाने सडकमा ३०० विरुवा वृक्षारोपण गर्ने जानकारी गराए ।

भक्तपुर जिल्लाका विस्तार भइसकेका सम्पूर्ण सडकहरुमा हरियाली प्रवद्र्धन कार्यक्रम अन्तरगत सम्पूर्ण सडकहरुमा वृक्षारोपण गरिने जानकारी गराउँदै उहाँले हात्ती गौंडामा निर्माण भइरहेको पदमार्गको दायाँ बाँया पनि वृक्षारोपण गर्ने जानकारी गराए ।

विकासमा सैन्दर्यता थम्पे कामहरु भइरकेको बताउँदै उनले विरुवा रोप्ने कामहरु शुरु भएको बताउनुभयो । मानिसको स्वास्थ्यलाई समेत विशेष मध्यनजर गर्दै शहरी क्षेत्रलाई वातावरण संरक्षण तथा प्रवद्र्धन जरुरी रहेको उल्लेख गर्दै उहाँले गुण्डुलाई प्राकृतिक मनोरमको साथमा हरियालीमय बनाउने समेत बताए ।

कार्यक्रममा सांसद वस्नेतको साथमा डिभिजन बन कार्यालय भक्तपुरका प्रमुख प्रेमप्रसाद खनाल, भक्तपुर जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुवर, वडा अध्यक्ष रविन्द्र सापकोटा, समाजसेवी तथा ईन्जिनियर उमेश बस्नेत, वडा सदस्य अर्जुन खतिवडा र कृष्णजीत माकजुलगायतको उपस्थिती रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्