Logo

आठ प्रहरीको हत्या गर्ने समूहका नाइके दुवेको घर ध्वस्त पारियो



एजेन्सी, २१ असार । उत्तर प्रदेशको कानपुर शहरमा प्रहरीको क्रुरतापूर्वक हत्या भएको थियो । आठ भारतीय प्रहरीको क्ररतापूर्वक हत्या गरिएको थियो । घटनाको अनुसन्धान रिपोर्ट अनुसार गुरिल्ला शैलीमा प्रहरीहरुको हत्या गरेको खुलेको छ ।

घटनामा डिएसपी देवेन्द्र मिश्रको टाउको र औँला बञ्चरोले काटेको भेटिएको थियो । त्यसगरी अन्य सात जनाको हत्या क्रुरतापूर्वक भएको छ । अुनसन्धान र फरेन्सीक ल्याबको रिपोर्ट अनुसार विकास दूवेको ६० समूहले प्रहरीमाथि हमला गरेको खुलेको छ । उनीहरुको अवस्था अत्यधिक डर लाग्दो बनाइएको अनुसन्धानकर्ताहरुले जनाएका छन् ।

रातमा विकास दूवे लगायतका समूहले स्नाइपरले प्रहरीलाई निशानामा राखेका थिए । उत्तर प्रदेशमा उक्त घटना अभूतपुर्व रहेको कानपुर रेन्जका आएजीपी मोहीत अग्रवालले जनकारी दिए । प्रहरीहरुको क्रुरतापूर्वक हत्याको जवाफमा प्रहरीहरुले विकास दूवेको घरलाई बुलडोजर लगाई नष्ट गरेको जनाइएको छ । उनको घरलाई प्रहरीले ध्वस्त पारिदिएका थिए । विकासको सम्पूर्ण सम्पत्तिलाई जफ्त गर्न सक्ने विषयसमेत उजागर भएको छ । उनीहरुमाथि विभिन्न अपराधको अभियोग लगाइएको छ । उक्त क्षेत्रमा तनाव अत्यधिक बढेको कारण सुरक्षा व्यवस्थालाई कडा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्