Logo

डाक्टर कुटिएको विरोधमा माईतीघरमा प्रदर्शन (फोटोफिचर)



मुकुन्द कालिकोटे : काठमाडौं २१ असार। आज माईतिघर मण्डलामा विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरूले प्रदर्शन गरेका छन् ।
झापाको मेडिका हस्पिटलमा कार्यरत डा. सुधाकर झामाथि कुटपिट गर्नेहरूमाथि कारबाहीको माग गर्दै चिकित्सकल माइतीघरदेखि नयाँ बानेश्वरसम्म न्याया माग्दै विरोध प्रदर्शन गरेका हुन् । असार ११ गते मेडिका हस्पिटलको इमर्जेन्सीमा कार्यरत डा. झामाथि बिरामी कुरुवाका १० ७ जनाको समूहले कुटपिट गरेकका थिए । घटना भएको १० दिन बितिसक्दा पनि कुटपिटमा संलग्नमाथि कारबाही नभएकाले प्रदर्शनमा उत्रिएको पीडित दिवाकर झाले जानकारी दिए ।

आन्दोलनमा सहभागी घाईते झा भन्छन्– बिर्तामोड नगरपालिका ६, बुट्टाबारीका ८ वर्षीय विज्ञान राईको हात भाँचिएपछि उपचारका लागि राति ८ बजे अस्पताल ल्याएका थिए, विरामीका आफन्तहरु समाजिक दूरी कायम नगरी, मुखमा माक्स नलगाईकन ७, ९ जना बिरामीका आफन्तहरूलाई इमर्जेन्सीको गेटमा होहल्ला गर्दै थिए । मैले कोरोना भाईरसको यस्तो महामारी छ, तपाईहरु यस्तो भिड–भाड नगर्नुस, मुखमा माक्स लगाउनुस् भनेको थिएँ, मलाई दुईजनाले समाते, एक जनाले मलाई पछाडिबाट हेलमेटले हान्यो, अर्कोले आँखामा हान्यो, पेटमा लात्ति बजारे म बेहोस् भएछु । मेरो उपचार दुईवटा अस्पतालमा भयो र अहिले आँखाको उपचारको लागि काठमाडौं आएको छु । डाक्टर झाले जबसम्म डाक्टारहरुमाथि हुने यस्ता प्रकारका आपराधिक कार्य गर्नेलाई कारवाही हुँदैन, तबसम्म डाक्टरमाथि रिस पोख्ने कार्य बन्द नहुँने दावी गरे ।

डाक्टर झाले भने, डाक्टरहरुलाई कुट–पिट गर्नेलाई कडाभन्दा कडा कारवाही हुँदैन हामी आन्दोलन जारी राख्छौं । क्रिष्ट अस्पताल कि डा. स्वरुप नेपाल भन्छिन्– कोभिड–१९ को महामारीमा ज्यानलाई जोखिममा राखेर काम गरिरहेका छौं, उल्टो कुटाई खानुपर्ने कस्तो नियम हो, डाक्टरहरुलाई न्याय दिलाउन राज्यले कानुन बनाउनुपर्छ । विदेशमा डाक्टरहरुको कति सम्मान छ, तर यहाँ न सम्मान छ, न सुरक्षा यस्तो डरलाग्दो परिस्थितिमा हामी काम गर्न सक्दैनौं, हाम्रो हात काँपदा अप्रेशन हुनसक्दैन ।

पाटन अस्पताल कि मेडिकल अफिसर डाक्टर अर्पणा क्षेत्रीले भनिन्– डाक्टरहरुको राईटको विषयमा नेपाल चिकित्सक संघलगायतका संघ संस्थाहरु र हाम्रा अग्रजपुस्ताहरुले हाम्रो न्यायको लागि जिम्मेवार बन्दिनुपर्छ नत्र हामी कहाँ जाने । आजको प्रदर्शनमा नेपाल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, काठमाडौं मेडिकल कलेजका विद्यार्थी र काठमाडौंका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरू सहभागी थिए ।

प्रदर्शनमा सहभागी चिकित्सकले बिरामी हेर्न मन छ, तर अझै कुटाइ खाने डर छ, लाठीको जवाफ लाठीमै दिन्छौं, न्याय खै रु जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।



प्रतिक्रिया दिनुहोस्