Logo

ओली-प्रचण्डबीच नेकपा फुट्न नदिन अन्तिम प्रयास, फुटको सम्भावनालाई दृष्टिगत गरी आ-आफ्नो तयारी



काठमाडौं, २१ असार । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद मिलाउने प्रयास आज पनि सफल भएन । दोस्रो तहका नेता देखि सचिवालयमा रहेका समेत सक्रिय हुँदा पनि सहमति बन्न सकेन ।

आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कुरा मिलाउन छलफल भएपनि दुवैजना टसमस भएनन् । ओलीले प्रचण्डमाथि राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन षड्यन्त्र गरेको आरोप लगाएको बुझिएको छ । स्रोतका अनुसार कानुन व्यवसायीसँग पनि महाभियोगबारे परामर्श गरेको भनेपछि प्रचण्डले ठाडै अस्वीकार गरेका थिए ।

प्रचण्डले ओलीलाई पार्टी फुटाउन लागिपरेको भने । यसको लागि सम्पूर्ण तयारी गरेको विषय उठाउँदै एक अर्काको कदमको समिक्षा गर्न तयार रहेको भनेका थिए । प्रचण्डले पार्टीको निर्णय सर्वोपरी हुने भन्दै त्यसलाई मानेर नजाँदा दुर्घटना हुने समेत बताएको बुझिएको छ । दुवै नेताबीच आज पनि कुरा मिलेन । भोलि स्थायी कमिटी बैठक अगावै दुवै नेता बसेर निर्णायक कुरा गर्ने भएका छन् ।

बैठकको निर्णय अनुसार नेकपाको भविष्य निर्धारण हुने निश्चित छ । दुवै नेता आ आफ्नो बाटो लाग्ने हुन् या मिलेर बढ्ने हुन् भोलिको वार्ताले टुंगो लगाउने छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्