Logo

नेपाल बैंकका प्रबन्धकमाथि अख्तियारको मुद्दा



काठमाडौ, २१ असार । नेपाल बैंक लिमिटेडका शाखा प्रबन्धक भुपराज कोइरालामाथी ५४ लाख भ्रष्टाचार गरेका अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । नेपाल बैंक लिमिटेड, डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक हाल निलम्बित कर्मचारी कोइरालाले भ्रष्टाचार जन्य कार्य गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो ।

अनुसन्धानबाट कोइरालाले सरकारकोसमेत स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेडबाट बैंकको सिस्टम ह्रयाक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने व्याज आफ्नो निजी खातामा जम्मा गरी ५४ लाख ८४ हजार ४५ रुपैयाँ ६० पैसा रकम भ्रष्टाचार गरेको पुष्टि हुन भएको थियो ।

उनलाई कानुन बमोजिम सजाय हुन र भ्रष्टाचार गरेको बिगो रकम असुल गरी पाउन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्